Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं २६ फागुन । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको विरोधमा आज देशभरका म्यानपावर बन्द भएका छन् । म्यानपावर व्यवसायीहरुको भेलाले आइतबार एक दिन म्यानपावर बन्द गर्ने निर्णय गरेको हो।

म्यानपावर व्यवसायीहरुले घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । गत शुक्रबार साँझ बसुन्धरास्थित गुरुङको घरमा बम विस्फोट भएको थियो।

बम विस्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लव समुहले लिएको छ। बम विस्फोटबाट गुरुङको गाडी र घरमा क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया