Online Bichar
बिहिबार, साउन २१, २०८३ | Thursday, August 6, 2026

काठमाडौं, २० साउन २०८३ । स्वास्थ्य सेवा विभागले प्रदेशहरूमा रेबिज विरुद्धको भ्याक्सिन वितरण सुरु गरिएको जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नियमित खरिद प्रक्रियाबाट प्राप्त रेबिज विरुद्धको खोपको पहिलो खेप सबै प्रदेशका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा वितरण सुरु गरेको हो ।

महाशाखाका अनुसार प्राप्त खोपलाई आवश्यकताका आधारमा प्रदेशहरूमा वितरण गरी त्यहाँबाट स्थानीय स्वास्थ्य संस्थाहरूमा पुर्‍याइने व्यवस्था मिलाइएको छ । खोपको शीघ्र वितरण र अभाव हुन नदिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूसँग निरन्तर समन्वय भइरहेको महाशाखाले जनाएको छ ।

रेबिज रोगको लक्षण देखिएपछि यसको उपचार सम्भव नहुने र प्रायः १०० प्रतिशत बिरामीको ज्यान जाने भएकाले समयमै सावधानी अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया