Online Bichar
सोमबार, जेठ १५, २०८० | Monday, May 29, 2023

अमेरिका, २६ फागुन । अमेरिकाको न्यूयोर्क राज्य सरकारले नेपाल र नेपालीहरुको सम्मानार्थ कुईन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ’माउण्ट एभरेष्ट वे’ नामांकरण गरेको छ। राज्य सरकारले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्यूसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामांकरण गरेको हो।

काउन्सिल म्यान कोष्टा कोन्स्टटिनिडेजले गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका, न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीलाई माउण्ट एभरेष्ट वे लेखिएको सडक चिन्हको बोर्ड हस्तान्तरण गरेका थिए। च्याप्टर अध्यक्ष अधिकारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न गर्नका लागि एक कार्यसमिति समेत बनाइएको थियो।

नेपाल सरकारका बाणिज्य दूतावास र सिटी काउन्सीलको संयुक्त आयोजनामा भएको माउण्ट एभरेष्ट वे घोषणा तथा स्ट्रिट फेस्टिभल कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुनकुमार कार्की, बाणिज्य दुतावास न्यूयोर्कका कार्यवहाक महाबाणिज्यदूत पुष्प भट्टराई, बाणिज्य दूत कृसु क्षेत्री, अवैतनिक महाबाणिज्यदुत ऋषि ढकाललगायत न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीको बाक्लो उपस्थिति रहेको थियो।

यो प्रस्ताव न्यूयोर्क सिटी काउन्सिल मेम्बर कोष्टा कोन्स्टाटिनिजेडले सिटी काउन्सिलको बैठकबाट पास गरेका हुन्। कोष्टा न्यूयोर्क सिटी काउन्सिलअन्र्तगत २२ जिल्लाका सदस्य छन्, उनी डेमोक्राटिक पार्टीका नेता हुन्।

नेपालीभाषी समुदायको हितमा काम गर्दै आएका कोष्टाले घोषणा सभामा भने, यो स्ट्रिट कोनेमिङले अमेरिकामा रहेका नेपालीको भावनाको कदर गरेको छ,मैले आगामी दिनमा यस्तै कार्य गर्दै जानेछु।’

माउण्ट एभरेष्ट नामका लागि नेपाली समुदायको तर्फबाट एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीको संयोजकत्वमा आयोजना गरिएको नेपाली समुदायको बैठक अनुरोध,सिटी काउन्सीलमा पेश गरिएको थियो।

यसअघि काउन्सिल म्यान कोष्टाकै विशेष पहलमा नेपालीको बाक्लो बस्ती रहेको न्यूयोर्क राज्यमा सवारी चालक अनुमती पत्र लिनका लागि नेपाली भाषामा निवेदन दिन पाउने सुविधा छ।यसैगरी न्यूयोर्क सिटीको ज्याक्शन हाइट नजिक रहेको एलमष्ट अस्पतालको सुचना पाटीमा नेपाली भाषाको सुचना राखिएको छ ।

एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष अधिकारीले अमेरिकाको न्यूयोर्क राज्य सरकारले सर्वोच्च शिखर सगरमाथाको नामबाट बाटोलाई ‘माउण्ट एभरेष्ट वे’नामारकण गरेर नेपाली र नेपालको उच्च सम्मान गरेको प्रतिकृया दिएका छन्।

अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया