Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

राँझा, २६ फागुन । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए ।

शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताए । सल बेरिएर मिलको पट्टामा अल्झिन पुगेकी थारूको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करीब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ । मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।
रासस

तपाईको प्रतिक्रिया