Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं । नेकपा माओवादी केन्द्र एमालेको एकता संयोजन समितिको बैठक सकिएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा र सरकार निर्माणका लागि कार्यदल गठन गरेको छ ।

कार्यदलमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् । बैठकले पार्टी एकताको विषयमा भने टुंगो लगाउन सकेन ।

बैठकमा एमालेको तर्फबाट ओलीका अलावा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल सहभागी थिए भने माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी भएका थिए । खबर डबलीबाट

तपाईको प्रतिक्रिया