Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइन विचार, २६ फागुन । महाेत्तरीकाे गाैशालामा बेटर नेपाल हस्पिटलद्वारा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार गाैशाला नगरपालिका १२ कान्तिबजार स्थित लक्ष्मिनिया स्वास्थ्य चाैकीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे बेटर नेपाल हस्पिटलका संचालक दिलिप सिंहले जनाएका छन् ।

उक्त शिविरमा १२२ जना बिरामीले चेकजाँच गराएका थिए । शिविरमा बिरामीहरुलाई अाे.पि.डि. र ल्याब सेवाहरु नि: शुल्क दिएका थिए भने करिब १५ हजारकाे अाैषधी पनि नि:शुल्क वितरण गरेको सिंहले जानकारी दिएका छन् । यसैगरी गाैशाला नगरपालिका वडा नं. ११ र १२ का बिरामीहरु थियोे । भने अरु सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नं. १३ र १४ समेत बिरामीहरु चेकजाँच गराएका लक्ष्मिनिया स्वास्थ्य चाैकीका प्रमुख: राम कुमार ठाकुरले बताए । १२२ जना बिरामीहरु मध्ये महिलाहरुमा पाठेघरकाे समस्या, जेष्ठ नागरिक हरुलाई हाडजोर्नीकाे समस्या र केही बिरामीहरुलाई पाईलस, फिसर फिसठुला जस्तो समस्याहरु पनि देखा परेको ठाकुरले बताउनुभयो ।

साे शिविर बेटर नेपाल हस्पिटलकाे अायाेजनामा भएको थियोे । भने लक्ष्मिनिया स्वास्थ्य चाैकी, गाैशाला १२ कान्तिबजारको सह-अायाेजनामा भएको हाे ।

तपाईको प्रतिक्रिया