Online Bichar
मंगलबार, साउन १९, २०८३ | Tuesday, August 4, 2026

काठमाडौं, १८ साउन २०८३ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ ।

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।

तपाईको प्रतिक्रिया