Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २४ फागुन । झापाको गौरादहमा आज महिलाहरुले जनचेतनामुलक र्याली प्रदर्शन गर्दै १०९औं अन्तराष्ट्रिय नारी दिवस मनाएका छन्। गौरादह नगरपालिका र महिला विकास शाखाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरभित्रका विभिन्न संघ संस्थामा आबद्ध महिलाहरुको समूहले गौरादहको डिपु चोकबाट र्याली निकालेर बजार परिक्रमा गरेका थिए ।

लैंगीगक समानताका लागि समान सोच, व्यवहार समृद्धीको आधार भन्ने मुल नारासहित आयोजना गरिएको सो कार्यक्रममा वडा स्तरीय गायन प्रतियोगिता गर्नुका साथै ९ वटै वडाका पुराना स्वंयसेवीकाहरुलाई सम्मान समेत गरिएको छ ।

गायन प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको जनाइएको छ । कार्यक्रमको सभापति तथा गौरादह नगर उपप्रमुख गीता भेट्वालले महिलाहरु माथि हुने भेदभाव, महिला हिंसा न्यूनीकरण का साथै महिलाहरुको हक अधिकारका सुनिश्चीत हुनु पर्ने बताएकी थिइन्् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिकाका मेयर रोहितकुमार साहको प्रमुख आतिथ्य रहेको कार्यक्रमका वक्ताहरुले महिलाहरुलाई विभेदमुक्त बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि महारानीझोडाकी अध्यक्ष मिना ढकाल, गौरादह अध्यक्ष तुलसा भुजेल, नेपाल महिला संघकी उर्मिला कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अन्तरपार्टी महिला सञ्जाल गौरादहकी अध्यक्ष लीला कार्की कटट्ेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको हो ।

त्यसैगरी महिला दिवसको अवसरमा राष्ट्रिय महिला सशक्तीकरण गौरीगञ्जको अगुवाईमा महिलाहरुले गरीब तथा एकल महिला कदमी देवी मुखियाको घर निर्माणमा श्रमदान गरेका छन् ।

गौरीगञ्ज गाउँपालिका वडा नं ३ स्थित कदमी देवीको घर गौरीगञ्ज गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपालको संयुक्त लगानीमा निर्माण हुन लागेको घरमा उनीहरूले श्रमदान गरेका हुन् ।

राष्ट्रिय महिला सशक्तीकरण गौरीगञ्जकी अध्यक्ष फुलबती राजवंशीको अगुवाईमा गएको टोलीले विपन्न तथा एकल महिला मुखियालाई खादा ओढाएर सम्मान समेत गरेको थियो ।

सोही अवसरमा गौरीगञ्ज गाउँपालिका वडा नं ३ को संयोजनमा वडा नं ३ का वडा सदस्यहरू, सशस्त्र प्रहरी वल गौरीगंज र ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरीले पनि घर निर्माणमा श्रमदान गरेका थिए ।
वडा नं ३ का वडाध्यक्ष मखना महतो, वडा सदस्य भवेश दास, सरिता शेर्पा, प्रहरी निरिक्षक दिपक खड्का, बस व्यवसायी संघका प्रतिनिधि उतम दासलगायतको सहभागिता थियो ।
गौरीगञ्ज गाउँपालिका वडा नं ३ स्थित सो घर गौरीया खोलाको किनारमा १ लाख रूपैयाको लागतका निर्माण हुन लागेको हो । कदमी देवी मुखियाको घर निर्माणमा जापानबाट आएका १२ जना विध्यार्थीहरूले विगत केही दिनदेखि श्रमदान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया