Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २४ फागुन । विर्तामोडबाट ताप्लेजुङ्गतर्फ जाँदै गरेको सडक डिभिजन कार्यालय ताप्लेजुङको बा १ झ ९८९८ नम्बरको गाडी इलाम नगरपालिका–४ स्थित सिम्लेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ताप्लेजुङ्ग स्थित फुङलिङ नगरपालिका–५ का ५० बर्षीया जानुका योङहाङ रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेर ताप्लेजुङ्ग स्थित फुङलिङ नगरपालिका–५ का ७४ वर्षिया धनमाया लिङदेन र फकताङलुङ गाउँपालिका–५का पेम्बा शेर्पा, नुवाकोट ककनी गाउँपालिका–५का १८ वर्षिय जंग तामाङ, नुवाकोट ककनी गाउँपालिका–४का २६ वर्षिय रितिक लामा घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । शख्त घाइते भएका धनमाया लिङदेनको झापामा उपचार भइहरहेको छ। । मेची राजमार्गको पुवाखोला नजिकै सिम्ले भन्ने स्थानमा ब्रेक फेल भएर दुर्घटना भएको घाइतेहरुले बताएका छन् । गाडी सडकभन्दा दुईसय मिटर तल खसेको छ ।
सवालनेपालबाट

तपाईको प्रतिक्रिया