Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, २४ फागुन । लामो समयदेखि कारागारमा रहेर हिजो मात्र रिहा भएका सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले आज एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन । आज दिउँसो १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको र स्वतन्त्र मधेशको माग राख्दै संचालन गरिरहेको संगठनसमेत विघटना भएको घोषणा गर्ने भएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष रहेका राउतले सरकारसँग गोप्य वार्ता गरेका थिए । यही वार्तापछि एक्कासी उनले ‘यु टर्न’ लिँदै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गर्दै १ बजे राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीको विशेष महत्वको विषयमा सम्बोधन रहेको जानकारी दिएका छन्। उनले के कार्यक्रम हो भन्ने खुलाएका छैनन्। तर सो कार्यक्रमलाई प्रधानमन्त्री ओली र राउतले संयुक्त रूपमा सम्बोधन गर्ने तयारी गरिएको छ। राउतले आफूसँग सम्पर्कमा रहेका सञ्चारकर्मीलाई मध्यान्ह १२ बजे राष्ट्रिय सभागृह आउन निम्ता गरेका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments