Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २४ फागुन । लामो समयदेखि कारागारमा रहेर हिजो मात्र रिहा भएका सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले आज एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन । आज दिउँसो १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको र स्वतन्त्र मधेशको माग राख्दै संचालन गरिरहेको संगठनसमेत विघटना भएको घोषणा गर्ने भएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष रहेका राउतले सरकारसँग गोप्य वार्ता गरेका थिए । यही वार्तापछि एक्कासी उनले ‘यु टर्न’ लिँदै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गर्दै १ बजे राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीको विशेष महत्वको विषयमा सम्बोधन रहेको जानकारी दिएका छन्। उनले के कार्यक्रम हो भन्ने खुलाएका छैनन्। तर सो कार्यक्रमलाई प्रधानमन्त्री ओली र राउतले संयुक्त रूपमा सम्बोधन गर्ने तयारी गरिएको छ। राउतले आफूसँग सम्पर्कमा रहेका सञ्चारकर्मीलाई मध्यान्ह १२ बजे राष्ट्रिय सभागृह आउन निम्ता गरेका छन्।

तपाईको प्रतिक्रिया