Online Bichar
आइतबार, साउन १०, २०८३ | Sunday, July 26, 2026

काठमाडौं, १० साउन २०८३ । कोसी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेपछि मात्र कांग्रेसका मन्त्रीहररूले सरकार छाड्ने तयारी गरेका छन् ।

कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेपछि मात्र मन्त्रीहरूले सरकार छाड्ने जानकारी दिए ।

उनले भने, ‘हामी पर्ख र हेरको अवस्थामा छौँ, मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेपछि मात्र हामी निर्णय लिन्छौँ ।’

कोसी प्रदेशमा अहिले एमाले–कांग्रेसको सरकार छ । तर, एमाले र नेकपाले प्रदेश सरकार बनाउन गठबन्धन गर्ने सहमति गरिसकेका छन् ।

नेकपा र एमालेबीचको यो सहमतिपछि अब कोसीमा एमालेले सरकारको नेतृत्व गर्नेछ । कांग्रेस सभापति गगनकुमार थापाले प्रदेशमा विकसित परिस्थितिबारे पार्टीका प्रदेश सभापतिसँग छलफल गर्ने तय भएको उनले बताए ।

तपाईको प्रतिक्रिया