Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

केशव खड्का

मधुमल्ला, २४ फागुन । सुगम जिल्ला मोरङमा खानेपानीको समस्या छ भन्ने सुन्दा जो कोहीलाई अपत्यारीलो लाग्न सक्ला । त्यसमा पनि ठूला नेताहरुको सेल्टर क्षेत्रमा । जहाँ एकताका नेपालको कम्यूनिष्ट आन्दोलनका बेला संगठन बिस्तार गरिन्थ्यो । पञ्चायत विरुद्धका तानाबाला बुनिन्थ्यो । जननेता स्व. मदन भण्डारी, राष्ट्रपति विद्यादेवि भण्डार भूमिगत बस्ने स्थानमा यति बेला खानेपानीको अभाव छ । भण्डारीले त स्थानीय विद्यालयमा पढाएकी पनि थिइन ।
मोरङको प्रसिद्ध धार्मिक तीर्थ स्थल र पर्यटकीय क्षेत्रहरुसमेत रहेको यस क्षेत्रमा खानेपानीको हाहाकार भएको छ ।

मोरङ जिल्लाको बिकट गाउँपालिकामा खानेपानी डिभिजन कार्यालयमार्फत ३ ठूला योजना सुरू गरिएका छन् । एउटा रमिते खोला खानेपानी योजना, कालिद खानेपनी योजना र अर्को लावाखोला टाँडी खानेपानी योजना छन् । तर, तिनै योजना सुरू भएको बषौं बितिसक्दा पनि अझै हजारौ उपभोक्ताहरुले खानेपानी पाउन सकेका छैनन् । खानेपानी योजनाको लागी पटक–पटक स्थानिय नेताहरुले घरधुरी सदस्य बनाएर आश्वासन पनि देखाएका थिए ।

खानेपानी आउने भयो भनेर खुसी भएका स्थानीयले नेताहरुलाई खसी र कुखुरा खुवाएर इज्जत गरेपनि पानी भने खान नपाएको स्थानीय कालिदहकी इन्द्रकुमारी मगरले दुखेसो पाेिीन् । मगर भन्छिन् –‘अहिले पनि छिमेकी गाउँबाट गाग्रा , टुम्लेटमा ओसारेर पानी खादै छौ । कुनै शुभकार्य गर्नु परो भने पुरै छिमेकी गाउँका धारा बन्द गरेर पानी जम्मा गर्नु पर्ने हुन्छ ।’

खानेपानीको लागि डिप बोरीङको काम सुरु गरिए पनि त्यो प्रभावकारी नभएको स्थानीयले बताए । गाउँपालिका वडा नम्बर १ , २ ,३ , ४ र ५ का जनताहरुको अथक०७६÷०७७ भित्र सम्पन्न भैसक्नु पर्ने आयोजना अलपत्रकै अवस्थामा छन् । कूल लागत ७ करोड ५९ लाख ६४ हजार भएको लावा खोला खानेपानी योजना टाँडी मा १० हजार उपभोक्ता छन् । तर, क्रमागत बजेट अभावले योजनाले गति लिन सकेको छैन । यो योजनाको हालसम्म मात्र १२ प्रतिशत काम हुन सकेको छ ।

यसैगरी रमिते खोला खानेपानी योजना मिक्लाजुङ वडा नं. १ को हालत पनि उस्तै छ । मिक्लाजुङको माथिल्लो क्षेत्र आइतबारे, ओखलढुंगा लगायतका गाउँलाई खानेपानी उपलब्ध गराउने गरी सुरू भएको यो योजनामा जम्मा ६३ किलोमिटर पाइप बिछयाउनु पर्नेमा हालसम्ममा १९ किमी पाइप जडान भएको छ । खानेपानीको धारा र स्टोरेज ट्याङ्की बनाउने लगायतका काम बाँकी नै छन् । खानेपानी खान पाउने आशाले स्थानीयले कठोर जनश्रमदान गरे पनि सरकारी ढिलासुस्तीले गर्दा योजना अलपत्र हुन पुगेको रमिते खोला खानेपानी योजनाका अध्यक्ष धनबहादुर राई बताउँछन् ।

चालु वर्षमा उपभोक्ता समितिले उधारोमा गरेको २० लाख रुपैयाँ बराबरको कामको रकम अझै भुक्तानी हुन सकेको छैन । ६ करोड ३२ लाख १९ हजार कूल लागत रहेको रमिते खानेपानी योजना दुई हजार घर परिवार उपभोक्ता छन । यसको २५ प्रतिशत पनि काम सम्पन्न भएको छैन । खानेपानी डिभिजन कार्यालय मोरङका इन्जिनियर ज्योतिषकुमार मिश्रका अनुसार मिक्लाजुङवासीका लागि सुरू भएका दुई ठूला खानेपानी योजना आर्थिक वर्ष २०७६÷०७७ भित्र काम सम्पन्न गरिसक्नुपर्ने बताए । उनले बहुवर्षीय योजना भए पनि क्रमागत बजेट नछुटिदाँ काम अधुरो भएको उनले बताए ।

तपाईको प्रतिक्रिया