Online Bichar
शुक्रबार, साउन ०८, २०८३ | Friday, July 24, 2026

काठमाडौं, ७ साउन २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । भ्रमणको सम्भावित मिति तय भए पनि सार्वजनिक गरिएको छैन ।

रास्वपानिकट स्रोतका अनुसार, सबै तयारी पूरा नभइसकेकाले भ्रमण दलमा को को रहनेछन् भनेर खुलाइएको छैन ।

रविको भ्रमणका लागि परराष्ट्रमन्त्रीमार्फत नै चिनियाँ पक्षसँग संवाद भइरहेको छ । नेपालको दुईतिहाइ बहुमत प्राप्त पार्टीको नेतृत्वको हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीले दिएको निमन्त्रणा चीन जान लागेका हुन् ।

उच्चस्तरीय राजनीतिक भेटवार्ता हुन्छ भन्नेमा लामिछानेको टिम विश्वस्त छ । आगामी हप्ताको अन्त्यतिर वा त्यसपछिको हप्तामा भ्रमण हुने उनीहरूको बुझाइ छ ।

लामिछाने यसअघि भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीको निमन्त्रणमा त्यहाँको भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया