Online Bichar
बुधबार, साउन ०६, २०८३ | Wednesday, July 22, 2026

काठमाडौं, ६ साउन २०८३ । सरकारले आत्मदाह गरी मृत्यु वरण गरेका गणेश नेपालीको घटना सम्बन्धमा न्यायिक समिति बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षमा न्यायिक छानबिन समिति गठन गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त समितिले आत्मदाह गरी ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्य तथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ।

गत असार २५ गते त्रिपुरेश्वरमा आत्मदाह गरेका नेपालीको असार २६ गते उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया