काठमाडौं, ४ साउन २०८३ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध मात्रै उजुरीप्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध मात्रै उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध एउटा उजुरी परेको हो ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरू राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध समितिले असार २५ गते १० दिनको समय दिएर उजुरी आह्वान थियो ।
उक्त समयमा एउटा उजुरी परेको हो ।
“प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध एउटा उजुरी परेको छ,” संसद् स्रोतले भन्यो ।
प्रस्तावित दुई आयुक्तविरुद्ध भने उजुरी परेको छैन । प्राप्त उजुरी वितरणका निम्ति संसदीय सुनवाइ समितिको बैठक आह्वान गरिएको छ । मंगलबार (साउन ५) बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा बैठक बस्ने समिति सचिव सावित्रा शर्माले जानकारी दिइन् ।
“एकवटा उजुरी प्राप्त भएको छ, भोलिको बैठकमा उजुरी खोलिन्छ,” समिति सचिव शर्माले भनिन् ।






