Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौर, २४ फागुन । ६१ वर्षीय इन्द्रदेव राम कुष्ठरोगी थिए । रोग लागेपछि उनलाई उपचार गराउनुको साटो आफन्तले गाउँबाट निकाला गरे । तर, निको भइसके पनि गाउँ जान सकेका छैनन् । उनी रौतहट परोहा, ५ बंकुल जाने सडक किनारमा चार वर्षदेखि बस्दै आएका छन् ।

उनका आफन्त परोहकै नमग्रमा टोलमा बस्छन् । उनको घर त्यही थियो । छिमेकी पनि उस्तै छन् । सम्पत्ति केही छैन । ‘रोगलाई जितेँ, समाजसँग हारेँ,’ उनले भने ।

उनले ३० वर्ष भारतको पन्जाबमा मजदुरी गरे । उनलाई ६ वर्षअघि कुष्ठरोग लाग्यो । हात गोडाका औँलामा घाउ देखियो । उनले उतै उपचार गराए तर निको भएन । काम गर्न नसक्ने भएपछि उनी नेपाल फर्किएका थिए ।

घर आएपछि छिमेकी, आफन्तले कोर (कुष्ठ) आएको भन्दै गाउँमा बस्न दिएनन् । त्यसपछि उनको बसोबास सडक किनारामा हुन थाल्यो । आफन्तले भाँडाकुडा दिएर झुपडी बनाइदिए । उनी चार वर्षदेखि त्यही बस्दै आएका छन् । यो समाचार फणि महतले अन्नपूर्णमा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया