Online Bichar
बिहिबार, आषाढ २५, २०८३ | Thursday, July 9, 2026

काठमाडौं, २५ असार २०८३ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विकासका व्यावहारिक समस्या हल गर्न सरकार सकारात्मक रहेको बताएका छन् । निर्माण व्यवसायीका प्रतिनिधिहरुसँगको छलफलमा आज प्रधानमन्त्री शाहले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताएका हुन् ।

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका हुन् । व्यवसायीहरुले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । उनीहरुले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया