Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, १९ असार २०८३ । सरकारले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी गरेको छ । राहदानी विभागका अनुसार यही असार २९ गते (जुलाई १३) मा नयाँ प्रणालीबाट सेवा प्रवाह हुनेछ ।

‘विभागले यही २०८३ असार २९ गते (तद्नुसार १३ जुलाई २०२६)  मा हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको’ विभागले जनाएको छ । त्यसरी नयाँ प्रणालीमा लैजाँदा सेवा प्रभावित हुन सक्ने पनि विभागले जनाएको छ ।

‘जिल्ला/ईलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा मिति २०८३ असार २४ देखि २६ गते सम्म (तद्नुसार ८ देखि १० जुलाई २०२६ सम्म) ३ दिनसम्म बन्द हुनेछ,’ विभागले भनेको छ ।

राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा भने असार २५ र २६ गते (९ र १० जुलाई) दुई दिनसम्म बन्द हुनेछ ।

‘यही मिति २०८३ असार २९ गते (तद्नुसार १३ जुलाई २०२६)  देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुचारु हुने बेहोरा समेत जानकारीका लागि अनुरोध छ,’  विभागले भनेको छ ।

 

तपाईको प्रतिक्रिया