झापा, १२ असार २०८३ । झापाको भद्रपुरमा दुईजना युवाले गरे दुईजना किशोरीलाई एकै ठाउँमा बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
दुई दिनअघि भद्रपुर ५ मा सो घटना भएको हो । असार १० गते बेलुकाको समयमा बर्ष १४ की किशोरी र उनका साथी बर्ष १७ की अर्की किशोरी घरनजिकै रहेको स्कुलमा घुमफिर गर्न गएका थिए । भद्रपुर नगरपालिका वडा नं. ५ बस्ने २१ वर्षीय शिवा सहनी र उनका साथी सोही ठाउँ बस्ने १८ वर्षीय अभिशेक महतो आई ती किशोरीहरुलाई घर पुर्याई दिन्छौ भनी घरतर्फ आउने क्रममा बलात्कार गरेको बताइएको छ ।
भद्रपुर-५ मा रहेको मोहम्मद मोसिमको मानिस नबस्ने खुल्ला भुइँघरमा आएपछि शिवा सहनीले वर्ष १४ की किशोरीलाई सोही घरमा रहेको निलो त्रिपालमा लडाई जबरजस्ती करणी गरेका थिए भने अर्का अभिशेक महतोले वर्ष १७ की किशोरीलाई सोही खुल्ला घरको छेउमा रहेको केराको बोटमुनि लडाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । पीडितहरुले जाहेरी दिएपछि दुवै अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






