Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026

काठमाडौं, १२ असार २०८३ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि ‘सप्लाई चेन’ तोड्ने गरी प्रभावकारी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।

अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरुङले सीमित प्रयासले मात्र लागुऔषध नियन्त्रण सम्भव नभएको उल्लेख गर्दै अब आपूर्ति शृङ्खला भत्काउने, प्रयोगकर्ताको पुनःस्थापना गर्ने र दीर्घकालीन दृष्टिकोणका साथ अभियान अघि बढाउनुपर्ने बताएका हुन्।

उनले लागुऔषध नियन्त्रण सरकारको मात्र दायित्व नभई निजी क्षेत्र, विद्यालय, विश्वविद्यालय, खेलकुद क्षेत्र, युवा क्लब, आमा समूह तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

गृहमन्त्री गुरुङले लागुऔषध प्रयोगले विशेषगरी किशोर तथा युवाको स्वास्थ्य, मानसिक विकास र भविष्यमा गम्भीर असर पार्ने भन्दै यसलाई केवल कानुनी मुद्दाका रूपमा नभई सामाजिक चुनौतीका रूपमा हेर्नुपर्ने बताए।

 

तपाईको प्रतिक्रिया