Online Bichar
शुक्रबार, आषाढ १२, २०८३ | Friday, June 26, 2026

झापा, १२ असार २०८३ । झापाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा तीनजना निर्वाचित भएका छन् । निर्वाचित हुने तीनैजना महिला हुन् । राष्ट्रिय खुल्लातर्फ निशा डाँगी २१३२ र इन्दिरा राना मगर २०९० मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै प्रादेशिक कोशीमा कल्पना थापा ९५१ मत ल्याई केन्द्रीय सदस्यमा जितेकी छन् ।

झापाबाट पाँचजनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । जिल्लाका पाँचजना सांसदमध्ये क्षेत्र नं १ बाट निशा डाँगी , २ बाट इन्दिरा राना मगर र ३ बाट प्रकाश पाठक उम्मेदवार बनेका थिए । क्षेत्र नं ३ का सांसद पाठकले ७४३ मत ल्याएका छन् भने झापाबाटै उम्मेदवारी दिएका भूमिनन्द बरालले ५२६ मत पाएका छन् ।

रास्वपा निर्वाचन आयोगले निर्वाचित हुने सबै ९९ जना उम्मेदवारको सूची प्रकाशित गरेको छ । निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । रास्वपाको आइतबारदेखि महाधिवेशन जारी छ ।

तपाईको प्रतिक्रिया