Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, ८ असार २०८३ । वर्षायाम शुरु हुँदै गर्दा झापामा पानीमा डुबेर पाँचजनाको मृत्यु भएको छ । दुई दिनअघि बिरिङ खोलाको पानीमा डुबेर एकजना बालिकाको मृत्यु भएको थियो ।कन्काई-१ बस्ने कुलबहादुर रसाईलीकी छोरी ५ वर्षीया सोनिया रसाईलीको कन्काई-८ स्थित बिरिङ खोलाको पानीमा डुबेर मृत्यु भएको हो ।

त्यस्तै असार ४ गते दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नम्बर ७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने ६० वर्षीय गणेश बस्नेतको मृत्यु भएको थियो भने त्यसको अघिल्लो राति गौरीगंज-२ बाहुन टोल बस्ने ६० वर्षीय रबि सोरेनको आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिणमा रहेको सडकको नालीको पानीमा डुवेर मृत्यु भएको थियो ।

त्यस्तै गत जेठ ३ गते गौरादह-२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा डुबेर ६० वर्षीय बाबुराम हस्दाको मृत्यु भएको थियो । त्यसअघि गत बैशाख ३० गते भद्रपुर-८ दुखाबस्तीमा घरछेउको पैनीमा डुबेर ३५ वर्षीय बुद्धिम किस्कुको मृत्यु भएको थियो । झापामा वर्षेनि धेरैजनाको डुबेर मृत्यु हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया