Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, ७ असार २०८३ । झापाको बिर्तामोड-१ मा रहेको बीवाइडी गाडीको सर्भिस सेन्टरमा आगलागी भएको छ । बिर्तामोडको पश्चिम बस स्टेण्डछेउमा विकास बस्नेतले संचालन गर्दै आएको सर्भिस सेन्टरमा आज बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट विभिन्न मोटर पार्टसहरु जल्दा अन्दाजी ६० लाखको क्षति भएको जनाइएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरु भने जोगाइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको सहयोगमा बिहान ५:१० बजे आगो नियन्त्रणमा आएको थियो ।

 

तपाईको प्रतिक्रिया