Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, ७ असार २०८३ । भारी वर्षाका कारण झापाको बिर्तामोड ५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीनतले घर जमिनमा भासिएको छ। ७० वर्षीय पहलमान ठाकुरको सो घर आज बिहानको राति २ बजेतिर सुगम पैनीमा आएको पानीको बहावले घरको जग खोल्दा घर कोल्टिएको हो । घर ढल्किदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरु बाहिर निकालिएको छ । त्यस घरमा दुईजना मात्र बस्ने गरेका थिए ।

घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको जनाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया