झापा, ७ असार २०८३ । झापाको बिर्तामोड नगरपालिका–१० कुवापानीमा चट्याङ लागेर दुई वटा व्याउने गाई मरेका छन्।
गएराति वर्षासँगै परेको चट्याङले स्थानीय उदिम ओलीले आफ्नै ग्वालीघरमा बाँधेर राखेका दुई वटा व्याउने गाई मरेको प्रहरीले जनाएको छ। घटनामा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
चट्याङ लागेपछि गाईहरू गोठमै मरेका हुन्। घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।






