Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, ४ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेश रोक लगाउने भएको छ ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुुसार, आफ्नो पुरानो पद अनुसार सबै प्रतिनिधिले लेबी तिरेको हुुनपर्नेछ ।

‘सबै प्रतिनिधिले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने । लेबी नतिरेको त्यस्तो सदस्य भएमा उनीहरूलाई अधिवेशनमा प्रवेशका लागि रोक लगाउने भन्ने छ,’ महामन्त्री बुर्लाकोटीले भने ।

साथै, आजको बैठकबाट लेबी तिर्न बाँकी भएकालाई पनि अनुरोध गरिएको उनले बताए ।

‘आजको बैठकबाट तिर्न बाँकी भएकालाई तिर्न पनि अनुरोध गरिएको छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘पार्टीको अनुशासनमा र निर्वाचन आचारसंहितामा पनि रहनेगरी निर्देशन गरिएको छ ।’

तपाईको प्रतिक्रिया