Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसको पक्षमा राम्रो नतिजा नआएपछि नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्वलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराएका छन् । उनीहरुले तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन माग गरेका छन् ।

राष्ट्रिय एकता र मेलमिलाप’ को सन्दर्भ पारेर केही दिनअघि कांग्रेसका यूवा केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले एउटा अपिल सार्वजनिक गरेका हुन्

सबैजना पार्टीको १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु हुन् । यीमध्ये थापामात्रै काठमाडौं–४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । घिमिरे, पाण्डे र गुरुङले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रतक्ष्य उम्मेदवारी दिएका थिएनन् । शर्मा र भण्डारी प्रतिनिधिसभामा र पौडेल प्रदेशसभामा पराजित भए । निर्वाचनको परिणाम आएको धेरै समय बितिसक्दा पनि पार्टी गम्भीर नभएको भन्दै नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्वलाई दबाब दिँदै पार्टीभित्र देखिएका आन्तरिक कमी कमजोरी र गलत संस्कार सुधार्न पनि माग गरेका छन् । यसरी अपिल गर्नेहरुमा पार्टी सभापति पक्षधर केन्द्रीय सदस्यहरु कोही पनि छैनन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

निर्वाचन परिणामको बारेमा पूर्वआभाष भएपनि त्यसतर्फ पार्टी नेतृत्वले चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् । उनीहरूले तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा वर्तमान प्रधानमन्त्री एवं पार्टी सभापति शेरहादुर देउवालाई विशेष धन्यवाद दिएका छन् । सबै तहका निर्वाचन सम्पन्न भइसकेपछि नेकपा एमाले र माओवादीका अभिव्यक्ति र व्यवहारले संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि उत्पन्न अनिश्चय र सम्भावित संकटलाई रोक्न आफूहरू सामथ्र्यवान भएको पनि उनीहरूले उल्लेख गरेका छन् ।

निर्वाचनले नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डतालाई संरक्षण एवम् प्रवद्र्धन गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलापलाई अक्षुण राख्ने राष्ट्रिय दायित्व पूरा गरेको पनि अपिलमा जनाइएको छ । उनीहरुले नेपाललाई विकसित एव समृद्ध राष्ट्र बनाउन र नेपालीलाई सुखी एवम् सम्पन्न बनाउन आफूहरू संकल्पित भएको पनि जनाएका छन् । निर्वाचन परिणामले भने आफूहरू र कांग्रेसजनलाई निकै दुखी बनाएको भन्दै युवा नेताहरूले चिन्ता गरेका छन् ।

केन्द्रीय सदस्य घिमिरेले आफूहरुले उठाएका एजेण्डा पार्टी नेतृत्वले सुन्नुपर्ने बताए । ‘ हामीले उठाएका माग र विषयबस्तु जायज छन्, सधैं पार्टीलाई अलमलमा राख्नु हुँदैन भन्ने आवाज हो हाम्रो ’ घिमिरेले भने ‘ अहिले कांग्रेससामु धेरै चुनौती आएका छन्, त्यसलाई चिर्दै सवल र सक्षम कांग्रेस बनाउनु आजको आवश्यकता हो ।’ घिमिरेले अब पनि बेलैमा बिचार नगर्ने हो भने भोलि आइपर्ने चुनौती कांग्रेसले धान्नै नसक्ने बताए । कांग्रेस सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य बालकृष्ण खाँणले केही दिनमै केन्द्रीय समितिको बैठक बस्ने जनाए । ‘ सभापतिज्यूले बैठक बोलाउने तयारी गर्दै हुनुहुन्छ अब छिटै बस्छ ’ खाँणले भने ‘ बैठकमा सबै विषयमा छलफल हुन्छ र भावी रणनीति तय हुन्छ ।

’ कांग्रेसको गत शुक्रबार बसेको कार्य सम्पादन समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदको नाम छनौट गरेको थियो । निर्वाचनका बेला प्रतिपक्षीहरुले लाएको लाञ्छना र आरोपको समयमै प्रतिवाद गर्न नसकएिको भन्दै उनीहरुले त्यो नेतृत्वको कमजोरी भएको औंल्याएका छन् । प्रत्येक वर्ष कांग्रेसको महासमिति बैठक बस्नुपर्ने विधानमा व्यवस्था भएपनि देउवा निर्वाचित भएको २२ महिना भइसक्दा पनि महासमिति बैठक बोलाइएको छैन ।

नेपाली जनताको अपार स्नेह र विश्वास हुँदाहुँदै पनि पार्टीको नतिजा किन कमजोर आयो भनेर पार्टीमा गम्भीर ढंगले समीक्षा गरिनुपर्ने धारणा उनीहरुले राखेका छन् । सबै तहका निर्वाचन सम्पन्न भइसकेपछि नेकपा एमाले र माओवादीका अभिव्यक्ति र व्यवहारले संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि उत्पन्न अनिश्चय र सम्भावित संकटलाई रोक्न आफूहरू सामथ्र्यवान भएको पनि उनीहरूले उल्लेख गरेका छन् । पार्टीका सबै तहदेखि भ्रातृ संस्थाहरूको समुचित परिचालन गर्न नसकेकोमा पनि उनीहरुले चिन्ता व्यक्त गरेका छन् । कांग्रेसले गरेको भनेको लोकतान्त्रिक गठबन्धनलाई राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन नसकेको पनि उनीहरुद्धारा जारी अपिलमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया