Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

काठमाडौं, १९ फागुन । मानवअधिकार तथा शान्ति समाजले आतंकवादीलाई आश्रय नदिने पाकिस्तानलाई आग्रह गरेको छ ।

४४ भन्दा बढीको मृत्यु हुने गरी गत १४ फेब्रुअरीमा काश्मिरको पुलवामा भएको आत्मघाती आक्रमणले दक्षिण एसियाको शान्ति खलबलिएको भन्दै समाजले पाकिस्तानलाई विज्ञप्तिमार्फत भनेको छ, ‘शान्ति समाज पुनः एक पटक पाकिस्तान समक्ष आग्रह गर्दछ-आतंकवादीलाई आश्रय दिन बन्द गर ।’

यस्तै विज्ञप्तिमार्फत शान्ति समाजले भारतलाई सार्कलाई सकि्रय बनाउन योगदान गर्न आग्रह गरेको छ ।

सधै युद्धको विरुद्धमा र शान्तिको पक्षमा अभियान सञ्चालन गर्दै आएको भन्दै समाजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई दुई देश बीचको तनाव घटाउन विवेकसम्मत कदम चाल्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments