Online Bichar
शुक्रबार, जेठ ०१, २०८३ | Friday, May 15, 2026

काठमाडौं, १ जेठ २०८३ । श्रम स्वीकृति लिन लगिन गर्ने आइडी र पासवर्ड बिर्सिएमा मोबाइल नम्बर र इमेलविना नै परिवर्तन गर्न सकिने भएको छ। वैदेशिक रोजगार विभागले सेवाग्राही स्वयम्‌ले आफ्नो जन्म मिति र राहदानी जारी मिति राखी आफ्नो पासवर्ड रिसेट गर्ने व्यवस्था मिलाइएको हो।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले श्रम स्वीकृती प्राप्त गर्न अनलाइन आवेदन गर्नका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली प्रयोग गर्दै आएका छन्। उक्त प्रणाली प्रयोग गर्दा सेवाग्राहीले पासवर्ड बिर्सी आफ्नो प्रोफाइलमा लगइन गर्न समस्या भएको अत्याधिक गुनासो आउन थालेपछि विभागले नयाँ व्यवस्था गरेको हो।

विभागले सारग्राहीहरूको सुविधाका लागि गन्तव्य मुलुकको कम्पनीको नाम समेत सेवाग्राही स्वयम्ले प्रणालीमा थप कम्पनी थप्न सकिने सुविधा समेत उपलब्ध गराएको छ। विभागले व्यक्तिगत प्रोफाइलको सुरक्षाका लागि आफ्नो राहदानीको फोटो अरू कोही कसैलाई उपलब्ध नगराउन तथा प्रणालीमा कम्पनीको नाम थप गर्दा आफ्नो वैदेशिक रोजगारी सम्बन्धी आधिकारिक कागजातमा भएको कम्पनीको नाम मात्र थप गर्न अनुरोध गरेको छ।

 

 

तपाईको प्रतिक्रिया