Online Bichar
बुधबार, बैशाख ३०, २०८३ | Wednesday, May 13, 2026

काठमाडौं, ३० वैशाख २०८३ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले १० दिनदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बुधवारदेखि पुनः सञ्चालनमा ल्याएको छ ।

विभागका निर्देशक कमलप्रसाद पाण्डे का अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण वैशाख २१ गतेदेखि सेवा प्रभावित भएको थियो ।

विभागले प्रणाली मर्मतको कार्य पूरा भएपछि नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचय नम्बरलाई भ्यालिडेट गर्ने सेवा पुनः सुचारु गरिएको जनाएको छ ।

“राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकाले मर्मत कार्य जारी रहेकामा सो कार्य पूरा भएपछि सेवा आजदेखि सञ्चालनमा आएको हो,” विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यसअघि सेवा अवरुद्ध हुँदा नयाँ राष्ट्रिय परिचयपत्र दर्ता तथा सम्बन्धित काम प्रभावित बनेका थिए । रासस

तपाईको प्रतिक्रिया