Online Bichar
बुधबार, बैशाख ३०, २०८३ | Wednesday, May 13, 2026

बिर्तामोड, ३० वैशाख २०८३ । बिर्तामोड वडा नं ४ र ५ मा चर्चित सतानु पैनीसहित २१वटा कुलो पैनी अतिक्रमण गरी मासिएको छ ।

हालको बिर्तामोड ४ र ५ (साविक अनारमनी गाविस २, ३, ४) मा १५ वटा पैनी र ६ वटा कुलो मासिएको हो । त्यस्तै चिहानघर ३ , घाट १, पोखरी १ ,पर्ति जग्गा २ ,देवस्थान १ , जंगल २ , बाँध १ र एउटा मन्दिरको जग्गा अभिलेखमा देखिएपनि ती जग्गा पनि अतिक्रमणमा परेको छ ।

भूमि प्रशासन कार्यालय(यसअघिको भूमिसुधार तथा मालपोत कार्यालय) झापाको सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अनुसार साविक अनारमनी २ (हाल बिर्तामोड ४) मा कि. नं २६७ मा सडक ५ विगाह १२ कठ्ठा १४ धुर , कि. नं २६८ मा पैनी १ विगाह १० धुर , कि. नं २७० मा पैनी ३ कठ्ठा १५ धुर , कि. नं २७१ मा पैनी ४ कठ्ठा १० धुर, कि. नं २७२ मा पैनी ६ कठ्ठा १० धुर , कि. नं २७३ मा पैनी २ कठ्ठा १५ धुर , पर्ति १० धुर , बाटो ६ विगाह १७ कठ्ठा १७ धुर , सडक ५ कठ्ठा १९ धुर, सडक १ विगाह १० कठ्ठा १६ धुर ,सडक ५ विगाह १२ कठ्ठा ३ धुर जग्गा रहेको थियो ।

त्यस्तै साविक अनारमनी गाविस वडा नं ३(हाल बिर्तामोड ५) मा कि. नं २९४ मा पैनी १ विगाह १५ कठ्ठा ६ धुर , कि. नं. २९५ मा पैनी १३ कठ्ठा १० धुर, कि. नं २९६ मा सडक ८ कठ्ठा १० धुर, कि. नं २९७ मा पैनी ३ कठ्ठा १० धुर , कि. नं. २९८ मा सडक ५ कठ्ठा, कि. नं २९९ मा पैनी ३ कठ्ठा, कि. नं ३०० मा ३ कठ्ठा , कि. नं ३०१ मा पैनी २ कठ्ठा , पर्ति ३ कठ्ठा ८ धुर , चिहान ३ कठ्ठा ५ धुर, बाटो ४ कठ्ठा १० धुर, मन्दिर ६ विगाह १० कठ्ठा ५ धुर , पैनी १५ कठ्ठा १७ धुर , पैनी ११ विगाह १० कठ्ठा, खोला ४ विगाह ११ कठ्ठा १० धुर,पैनी ३ कठ्ठा १५ धुर , बाटो २ विगाह १२ कठ्ठा १० धुर , खोला २ विगाह ५ कठ्ठा १० धुर , कुलो ५ कठ्ठा १७ धुर , कुलो ३ कठ्ठा १० धुर , कि.नं १३६ मा बाँध १ कठ्ठा २ धुर जग्गा रहेको थियो ।

त्यस्तै साविक अनारमनी गाविस वडा नं ४(हाल बिर्तामोड ४) को कि. नं २ मा कालिस्थान २ कठ्ठा ४ धुर, कि. नं ११५ मा सडक २ विगाह १० कठ्ठा , कि. नं. १८६ मा सडक २ विगाह ९ कठ्ठा, कि. नं १८७ मा कुलो ९ कठ्ठा, कि. नं १८८ मा कुलो २ कठ्ठा १० धुर , कि.नं १८९ मा कुलो १ विगाह १० कठ्ठा , कि. नं १९० मा कुलो १ विगाह १२ कठ्ठा , कि.नं ५७ मा जंगल १ कठ्ठा १० धुर, कि. नं १२३ मा जंगल १९ कठ्ठा १० धुर , कि. नं १०८ मा देवस्थान २ कठ्ठा १० धुर, कि.नं १५६ मा पोखरी १४ कठ्ठा १० धुर, कि। नं २११ मा चिहानघर ४ कठ्ठा १० धुर, कि. नं २१२ मा चिहानघर ५ कठ्ठा १० धुर र कि. नं १२५ मा घाट १९ कठ्ठा ५ धुर सरकारी जग्गा रहेको थियो ।

बिर्तामोडमा अधिकांश सार्वजनिक जग्गा मासिसकेको छ । बिर्तामोड ४ र ५ मा ५७ विगाह १० कठ्ठा १८ धुर सरकारी र सार्वजनिक जग्गा रहेकोमा धेरै अतिक्रमित भएको भूमि प्रशासन कार्यालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया