Online Bichar
बुधबार, बैशाख ३०, २०८३ | Wednesday, May 13, 2026

काठमाडौं, ३० वैशाख २०८३ । साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा पुगेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेको थियो। सो दिन ४ अर्ब ६६ करोडको सेयर कारोबार भएको थियो।

यसदिन ३३९ वटा स्क्रिप्सको ५६ लाख ४३ हजार २८८ कित्ता सेयर २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ८२ वटा स्टक्सको मूल्य बढ्दा १७६ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

आज कुनै पनि कम्पनीको सेयर सकारातमक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी अरु समूहहरुको उपसूचक नकारात्मक देखिएका छन्।

 

तपाईको प्रतिक्रिया