Online Bichar
बुधबार, बैशाख २३, २०८३ | Wednesday, May 6, 2026

भैरहवा, २३ वैशाख २०८३ । प्रहरीले भैरहवास्थित गौतमबुद्ध इन्टरनेशनल होटलमा सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा छापा मारेर क्यासिनो म्यानेजरसहित १९ जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केही महिनाअघि सञ्चालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकहरूले सहजरुपमा क्यासिनो खेल्दै आएको गुनासो थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार गएराति ८ बजे क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूका साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २०० थान बरामद भएको उनले बताए ।

पक्राउ पर्नेमा रुपन्देहीका १५ जना, काठमाडौँ, ललितपुर, गुल्मी, पर्साका एक/एक जना रहेका छन् । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जुवा खेलाउने कार्यमा संलग्नहरुः–
१.रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्लामण्डी बस्ने वर्ष २२ का अभयकुमार गुप्ता
२.रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ का सुशान्त अधिकारी
३. रुपन्देही ओमसतिया वडा नं.२ बस्ने वर्ष २९ का निक्षेद नेपाल
४. रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बस्ने वर्ष २८ का सञ्जय शाक्य

जुवा खेल्ने कार्यमा संलग्न:–
१. काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं. १३ बस्ने वर्ष ५० का जीवन थापा
२.रुपन्देही देवदह नगरपालिका वडा नं.५ खैरनी बस्ने वर्ष ३२ का आकाश गुप्ता
३.रुपन्देही देवदह नगरपालिका वडा नं. ५ खैरनी बस्ने वर्ष ३३ का सुनारी मगर
४. गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४२ का नेत्र पोख्रेल
५. रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २९ का अब्दुल कलाम जोलहा
६. रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने वर्ष ५८ का अभिषेक शर्मा
७. रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने वर्ष ४४ का शिव पाण्डे।
८. ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ बस्ने वर्ष ५० का बाबुराजा महर्जन
९. रुपन्देही सैनामैना नगरपालिका वडा नं.४ बस्ने वर्ष ३४ को रोहण बि.क. भन्ने तिलबहादुर बि.क.
१०. पर्सा वीरगन्ज महानगरपालिका वडा नं. ७ बस्ने वर्ष ४४ का जङ्गकुमार अग्रवाल
११. रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २८ का नीरज गुप्ता
१२. रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २१ का सुरज जयसवाल
१३.रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष १८ का रमेश यादव
१४. रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३८ का निर्मल बस्याल
१५. रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३० का भरत थापा

तपाईको प्रतिक्रिया