Online Bichar
बुधबार, बैशाख २३, २०८३ | Wednesday, May 6, 2026

झापा, २३ वैशाख २०८३ । सुकुम्बासी समस्या समाधानको माग गर्दै झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय अधिकार आयोग नेपाल, झापाका जिल्ला अध्यक्ष अर्जुन कुमार लिम्बुको नेतृत्वमा करिब १०० जनाको सहभागितामा प्रदर्शन गरिएको हो ।

बिहान १२ः१० बजे बिर्तामोड नगरपालिका–३ स्थित दुर्गा मन्दिर अगाडिबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकी नारा लगाएका थिए । प्रदर्शनकारीहरू अदुवा खोलासम्म पुगेपछि पुनः बिर्तामोड नगरपालिकाको कार्यालयमा फर्किएका थिए ।
प्रदर्शनपछि उनीहरूले नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रम दिउँसो १ः२० बजे सम्पन्न भई सहभागीहरू तितरबितर भएका थिए ।

तपाईको प्रतिक्रिया