काठमाडौं, २१ वैशाख २०८३ । कान्ति लोकमार्ग अवरुद्ध भएको छ । ललितपुरको वाग्मती गाउँपालिकास्थित छपेडीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै मकवानपुरबाट ललितपुर आउँदै गरेका सवारीसाधान बीच बाटोमा रोकिएका छन् । जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार, बाटो अवरुद्ध हुँदा १५/१६ जनाको समूह ललितपुर आउँदा रोकिएका छन् ।
अहिले भने प्रहरीको टोली डोजरसहित पहिरो गएको स्थान पुगिसकेको उनको भनाइ छ ।






