Online Bichar
सोमबार, बैशाख २१, २०८३ | Monday, May 4, 2026

काठमाडौं, २१ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अन्य दलबाट प्रवेश गरी ९० दिन पुगेका व्यक्ति मात्रै उम्मेदवार क्लबका लागि योग्य हुने गरी विधि बनाइएको छ ।

केन्द्रीय सचिवलायबाट आइतबार पारित ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखामा’ अरु दल परित्याग गर्नेहरुको हकमा तीन महिना अवधि पुगेपछि मात्रै उम्मेदवार क्लबमा दर्ता हुनसक्ने उल्लेख छ । अन्य दलबाट परित्याग गरेपछि कुलिङ पिरियड तीन महिना तोकिएको छ । कुनै व्यक्तिले पहिलोपटक दलको सदस्य लिएका व्यक्तिको हकमा भने ४५ दिनको अवधि तोकिएको छ ।

रास्वपाबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन इच्छुक व्यक्तिले उम्मेदवार क्लबमा दर्ता भई छनोट प्रक्रियामा भाग लिन सदस्यता लिएको ४५ दिन पुग्नुपर्नेछ । विगतमा कुनै दलमा आवद्दता नभएकाहरुका लागि सदस्यता लिएको ४५ दिनपछि उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुने पाउने छन् ।

नयाँ सदस्यता लिने र अन्य दल परित्याग गरेर उम्मेदवार हुन चाहनेका लागि कुलिङ पिरियडको व्यवस्था गरिएपनि ल्याट्ररल इन्ट्री हुनेको हकमा भने कुलिङ पिरियड राखिएको छैन । समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिहरूलाई कुलिङ पिरियडको अवधि पूरा नभएपनि ल्याटरल इन्ट्री मार्फत क्यान्डिडेट क्लबमा आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । विशेष व्यवस्था अनुसार उम्मेदवार क्लबमा दर्ता भएकाहरुले पनि कुलिङ पिरियड बाहेकका मापदण्ड पुरा गर्नुपर्नेछ । विशेष व्यवस्था अन्तर्गत आवेदन दिने जो–कोही व्यक्तिका लागि पनि पार्टीको लिडरसिप एकेडेमीको प्रशिक्षण तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागिता अनिवार्य गरिएको छ ।

वडा अध्यक्ष र वडा सदस्य पदका लागि वडा क्यान्डिडेट क्लबमा आवेदन दिन सम्बन्धित पालिका समिति र जिल्ला समितिको औपचारिक लिखित सहमति अनिवार्य गरिएको छ । गाउँरनगरपालिकाको हकमा अध्यक्षरउपाध्यक्ष तथा नगरपालिकाका प्रमुखरउपप्रमुखका उम्मेदवारका आकांक्षीले सम्बन्धित जिल्ला समिति र प्रदेश समितिको औपचारिक लिखित सहमति अनिवार्य गरिएको छ । उपमहानगरपालिका र महानगरपालिकाका प्रमुखरउपप्रमुखले क्यान्डिडेट क्लबमा आवेदन दिन केन्द्रीय समितिको औपचारिक लिखित सहमति लिनुपर्नेछ ।

रास्वपाबाट स्थानीय तहको उम्मेदवार हुन तीन तहको प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । आकांक्षीहरुलाई योग्यता, क्षमता र पारदर्शी मूल्यांकनका लागि ‘उम्मेदवार क्लब’, लिडरसीप एकेडेमी प्रशिक्षण र छनोट रुपरेखामा आधारित परीक्षण प्रक्रिया बनाइएको छ । पालिकाभित्र ‘पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्ल गरी दुई प्रकारका उम्मेदवार क्लबको व्यवस्था गरिएको छ ।

उम्मेदवार छनोटका लागि चार प्रकारका मापदण्ड रास्वपाले तयार गरेको छ । उम्मेदवार छनोट गर्दा व्यक्तिको लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनबाट प्राप्त अंकको आधार चयन गरिने भएको छ । लिडरसीप एकडेमीका लागि २५ प्रतिशत भाराङ्क तय गरिएको छ । यो मापदण्डमा व्यक्तिको वैचारिक र व्यवहारिक क्षमताको मूल्यांकन गरिने भएको छ । राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा लगायत मूल्यांकन गरिने भएको छ ।

उम्मेदवारका आकांक्षी सबैले पार्टीले तय गरेको पाठ्यक्रम अनुसार प्रशिक्षण लिनुपर्नेछ । आधारभूत र विशिष्ट खण्ड गरी पाठ्यक्रम निर्धारण गरिएको रास्वपाले जानकारी गराएको छ ।

उम्मेदवार छनोट गर्दा व्यक्तिको विगतको पृष्ठभूमि, जनसम्बन्ध, चारित्रिक अवस्था, लोकप्रियता, पार्टीमा आवद्धता, संगठनमा क्रियाशिलता, अनुशासन लगायतका मापदण्ड बनाइएको छ । यी विषय हेरेर व्यक्तिको मूल्यांकन गर्ने आधारलाई ‘पोलिटिकल प्रोक्सिमिटी’ भनिएको छ । यस मापदण्डलाई २५ प्रतिशत भाराङ्क तय गरिएको छ ।

जातिय क्लष्टर अनुसार समावेशिताको मापदण्डका लागि १० प्रतिशत भाराङ्क राखिएको छ । जनसांख्यिक अनुपात, उमेर समूह, लैगिंक समानता, अपाङ्गता, भौगोलिक विकटता लगायबाट समावेशिता अनुसार उम्मेदवार चयन गर्दा त्यस्तो क्लष्टरको व्यक्ति आकांक्षी हुँदा १० प्रतिशत अंक स्वतः प्राप्त गर्ने विधि बनाइएको छ ।

प्रारम्भिक मतदानका लागि ४० प्रतिशत भाराङ्क किटान गरिएको छ । प्रारम्भिक निर्वाचनमा सम्बन्धित पालिकाका सदस्यहरुले आकांक्षी उम्मेदवारको टुंगो लगाउन मतदान गर्न पाउनेछन् । प्रारम्भिक मतदानमा सम्बन्धित पालिका पार्टी संरचनाका सदस्य, पार्टी संरचनाका सदस्य, सम्बन्धित पालिकाबाट केन्द्रीय समितिमा रहेका व्यक्तिहरुले मत दिन पाउने छन् ।

 

तपाईको प्रतिक्रिया