Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिकाबाट
ललितपुर, १७ फागुन । ललितपुर महानगरले कडाई र अनुगमन नगर्दा ठुला कर दाताहरुले अर्बाैँको कर छली गर्दै आएका छन् । जनप्रतिनिधि आएपछि महानगरको बक्यौा झन झन चुलिँदै गएको छ ।

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले तीन अर्बभन्दा बढी राजस्व उठ्न नसकेको जानकारी दिए । उनले ठुलो कर दाताहरुले आफ्नो विवरणसमेत महानगरमा पेश गर्न आनाकानी गर्दै आएको बताए ।

‘हामीले फाट्टफुट्ट अनुगमन त गर्दै आएका छौँ, तर कर्मचारी मात्रै जागिर हुन्न, यसमा जनप्रतिनिधिले पनि उत्तिकै साथ दिन आवश्यक छ,’ उनले भने, ‘सबैभन्द सकस त ठुला कर दाताबाट कर संकलन गर्नमा छ ।’ उनको अनुसार अर्बौको बिजनेस गर्ने ठुला करदाताले कर नतिर्दा त्यसको मर्का महानगरलाई परेको छ । यो समाचार शिवहरि घिमिरेले नागरिकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया