Online Bichar
आइतबार, बैशाख ०६, २०८३ | Sunday, April 19, 2026

जनकपुर, ५ वैशाख २०८३ । महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार साँझ जलेश्वर–जनकपुरधाम सडक खण्ड अन्तर्गत परकौली ब्यारेक नजिक हावाहुरीसहितको वर्षाका बीच उक्त दुर्घटना भएको हो। वर्षासँगै आएको तेज हावाका कारण सडकछेउको रुख टेम्पोमाथि ढलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित पाँच जना सवार रहेको टेम्पोमा परेका मध्ये दुई जनाको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने उनीहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
त्यस्तै, दुई पुरुष र एक घाइते महिलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया