Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक,१६ फागुन । झापाको दमकमा बिहीबार बिहान एक बालक झुण्डिएको अवस्थामा फेला परेका छन्। दमक-९ बस्ने दुर्गाबहादुर दर्नालका छोरा ११ वर्षीय अनिल दर्नाल मृत अवस्थामा भेटिएका हुन्।

दमक-५ स्थित गोर्खा डिर्पाटमेन्ट अघि रहेको तमुना टायर ग्यारेजमा राखेको को १ त ७४०० नम्बरको ट्याक्टरको हुटमा रहेको फलामको रडमा झुण्डिएको अवस्थामा दर्नाल फेला परेका हुन्।

सामान बाँध्न प्रयोग गरिने प्लाष्टिकको डोरीले गलामा पासो लगाई झुण्डिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। दर्नालको पोष्टमार्टमका लागि शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

पारिवारिक स्रोतका अनुसार बालक जहिले पनि घरमा नबस्ने, बाहिर बाहिरै हिँड्ने गरेका थिए। स्थानीय छिमेकीका अनुसार मृतक बालकले लागुपदार्थ सेवन गर्थे। घरको अवस्था अत्यन्तै नाजुक रहेको र परिवारमा सधैं झगडा भइरहने स्थानीयको भनाई छ।

बालक आफैले आत्महत्या गरेको हो वा कसैले झुण्ड्याइ दिएको हो भन्नेबारे पोष्टमार्टम रिर्पोट पछि थाहा हुने प्रहरी निरीक्षक एक्तेनले बताए। शरीरमा कुनै निल डाम तथा चोटपटक नरहे पनि घटनाको बारेमा थप अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया