Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

दमक ,१६फागुन । विद्यालयको फलामे गेटले किचेर झापाको दमकमा बुधबार दिउँँसो एक जना बालकको ज्यान गएको छ भने दुई जना बालक घाईते भएका छन् ।

दमक ८ स्थित जनता आधारभूत विद्यालयको प्रवेशद्धारको फलामे गेटले किचेर सोहि वडा बस्ने छुक्का हेमरमका ७ बर्षिय छोरा विजेन्द्र हेमरमको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक बालक कक्षा १ मा अध्ययनरत थिए ।

प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार विद्यालयबाट घर फर्कने क्रममा दिउँसो २.३० वजे तिर अचानक प्रवेशद्धारको फलामे गेट भत्किएर वालकलाई टाउकोमा चोट लागेको थियो ।
गेटले किचेर घाईते बालकको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । अन्य घाईते दुई जनाको भने सोहि अस्पतालमा नै उपचार भईरहेको छ ।

कमजोर संरचनाको सो गेट विद्यार्थीहरुले झुण्डिएर खेल्नेक्रममा गेटनै भत्किए त्यस्तो दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया