Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १४ फागुन । चुनाव आएपछि नेताहरु अनेक तरिका अपनाउँछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा तरिका सार्वजनिक भएको छ । उनले गंगानदी सफाइ गर्ने मजदुरको खुट्टा मिचिमिची धोइदिएको भिडियो र तस्विर भाइरल बनेको छ ।

कसैले कामदारको खुट्टै छोएर धोइदेला त रु यसरी कामदारकै खुट्टा समाएर धोइदिनेहरु बिरलै भेटिएलान् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार कुम्भमेलामा सफाइ मजदुरहरुको खुट्टा समातेर धोइदिएका छन् ।

स्वच्छ कुम्भ स्वच्छ आभारु कार्यक्रममा उनले सरसफाइ कर्मचारीहरुलाई सम्मानस्वरुप खुट्टा धोएर सम्मान गरेको बताइएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको कार्यक्रममा मोदीले दुई जना महिलासहित ५ जनाको खुट्टा धोएर पुछिदिएका थिए । मोदीले खुट्टा धोइदिए, त्यसपछि पुछे, ढोगेर मजदूरहरुलाई खादा लगाइदिएका थिए।

भारतीय जनताले पार्टीले मोदीले सफाइ कर्मचारीहरुको खुट्टा धोएको भिडियो ट्विटरमा हालेर राखेर प्रचार गरेको थियो । भारतमा आउँदै गरेको आम निर्वाचनलाई लक्षित गर्दै मोदीले खुट्टा धोइदिएको सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया