Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

काठमाडौं, १० फागुन । मलेसियाको प्रहरीलाई घुस दिन खोज्ने दुई नेपालीलाई जेल चलान गरिएको छ। धनबहादुर तामाङ, ३३ र हिरान विश्वकर्मालाई जेल चलाउन गरिएको मेलियसाको द स्टार अनलाइनले उल्लेख गरेको छ। जुलाईको सुरुमा उनीहरुले आफ्नो कसुरबाट अवैध उन्मुक्तिका लागि प्रहरीलाई १०० रिंगेट घुस दिने प्रयास गरेका थिए।

अभियोगबारे म्याजिष्ट्रेट सीतारुन निसा अब्दुल अजिजले फैसला सुनाउँदै पक्राउ परेको मितिदेखि तीन महिना जेल हुने ठहर गरेकी हुन्। उनले दुवै जनालाई प्रतिव्यक्ति १० रिंगेट जरिवाना पनि तोकेकी छिन्। यो दश हजार जरिवाना बुझाउन नसके उनीहरुले थप एक महिना जेलमा बिताउनु पर्ने हुन्छ। जुलाई २ मा आधिकारिक लाइसेन्सबिनै मोटरसाइकल चलाइरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरुले बुक्ति टेन्गाहमा प्रहरीलाई घुस दिने प्रयास गरेकाे साे अनलाइनले उल्लेख गरेको छ।

सो अभियोगबारे म्याजिष्ट्रेट सीतारुन निसा अब्दुल अजिजले फैसला सुनाउँदै पक्राउ परेको मितिदेखि तीन महिना जेल हुने ठहर गरेकी हुन्। उनले दुवै जनालाई प्रतिव्यक्ति १० हजार रिंगेट जरिवाना पनि तोकेकी छिन्। यो दश हजार जरिवाना बुझाउन नसके उनीहरुले थप एक महिना जेलमा बिताउनु पर्ने हुन्छ। सुनुवाईमा दुवै जनालाई उपस्थित गराइएको थिएन।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments