Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ८ फागुन । झापाको गौरादहमा नगर स्तरीय हात्तीपाइले रोग सम्बन्धि स्वंयसेवीकाहरुको लागी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गौरादह १ को वडा कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।

गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाले आयोजना गरिएको कार्यक्रममा आज १,२,३,४र५ वडाका स्वास्थ्यकर्मीहरुलाई वडा कार्यालयमा नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठ र सि.अहेब सुरेन्द्र बहादुर बस्नेतले प्रशिक्षण दिनुभएको थियो भने, वार्ड नं. ७ को वडाकार्यालयमा ६,७,८ र ९ वडा का स्वास्थ्यकर्मीहरुलाई नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराई र ज.स्वा.नि. बाबुराम थुलुङले प्रशिक्षण दिनुभएको थियो ।

हात्तीपाइलेको औषधी कुन बेला कसरी खुवाउने त्यसको बारेमा प्रचार प्रसार गरेर यो वर्ष मध्यस्थकर्ताको रुपमा मात्र स्वंयसेवीकाहरुले सहयोग पु¥याउने जनाईएको छ ।

फागुन १५ गते बाट प्रत्येक वार्डहरुको टोल टोलमा गई स्वास्थ्यकर्मी बाट शारिरीक जाँच गरि सो औषधी खुवाउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया