Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बुटवल, ७ फागुन । भारतबाट नेपाल ल्याउँदै गरेको नेपाली र भारतीय लाखौं रुपैयाँसहित सशस्त्र प्रहरी बल नेपाल गुल्म रुपन्देहीले दुई जनालाई पक्राउ गरेको छ।

रुपन्देहीको सिद्धार्थनगर १ डण्डा ईलाकामा खटिएको सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेका हो।

प्रहरीले गुल्मी रुपाकोटका ४५ वर्षीय चन्द्रकान्त पौडेलको साथबाट भारतीय र नेपाली रुपैयाँ गरी ४६ लाख ४४ हजार ३ सय ६० रुपैयाँ बरामद गरेको हो।

त्यस्तै, भारतीय र नेपाली रुपैयाँ ओसारपसारमा संलग्न युपि ५६ टि ३०७१ नं. भारतीय टोयोटा कार र उक्त कारका चालक भारत महाराजगञ्ज नौतनवा १५ उत्तर प्रदेश बस्ने ३३ वर्षको सोमई धवललाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका पौडेलको साथबाट नेपाली १ हजार रुपैयाँ दरको २ हजार ९ सय ३५ थान, ५ सय दरको २ हजार ५ सय थान गरी ४१ लाख ८५ हजार रुपैयाँ बरामद गरेको छ।

त्यस्तै, भारतीय २ हजार दरको ४१ थान, ५ सय दरको ३ सय ४७ थान, २ सय को १२ थान, १ सयको २ सय ९१ थान र ५० को २ थान गरी भारतीय २ लाख ८७ हजार १ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया