Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ६ माघ । झापाको गौरादहमा नगर स्तरीय हात्तीपाइले रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गौरादह १ को वडा कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।

रोगबाट प्रभावित विश्वका सबै मुलुकहरुबाट सन् २०२० सम्ममा हात्तीपाइले रोग निर्मूल पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाले आयोजना गरिएको कार्यक्रममा गौरादह नगर स्वास्थ्य संयोजक पर्शुराम भट्टराई र सह संयोजक गोविन्द श्रेष्ठले सहभागीहरुलाई हात्तीपाइले रोग के हो? कस्तो व्यक्तीलाई यो रोग लाग्छ? रोगका लक्षणहरु, यस बाट बच्ने उपाय, हात्तीपाइलेको औषधी क कसले सेवन गर्नुपर्ने हो, भनेर जानकारी गराएका थिए ।

फागुन १५ गते बाट प्रत्येक वार्डहरुको टोल टोलमा गई स्वास्थ्यकर्मी बाट शारिरीक जाँच गरि सो को औषधी खुवाउने जनाइएको छ । हात्तीपाइले रोगको औषधी खुवाउने समयमा सबै सहभागी भई औषधी खान आग्रह समेत गरिएको छ ।
गौरादह नगर उपमेयर गीता भेटवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया