Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

काठ्माडौं, १ फागुन २०८२ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बीमा कार्यक्रममार्फत उपलब्ध गराउँदै आएको दीर्घरोगका औषधि अब एक महिनाका लागि मात्रै वितरण गर्ने निर्णय गरेको छ।

अस्पताल प्रशासनले सूचना जारी गर्दै लामो समयसम्म सेवन गर्नुपर्ने औषधि यसअघि तीन महिनाका लागि उपलब्ध गराइँदै आएको भए पनि विशेष कारणवश आजदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई उपलब्ध गराइने जनाएको हो।

यो निर्णय माघ २९ गते भएको निर्णयअनुसार लागू गरिएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले नयाँ व्यवस्थाका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

 

तपाईको प्रतिक्रिया