Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

गौरादह, ५ फागुन । गौरादह ७ स्थित ग्वालडुब्बामा १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको आयोजना र मानव उद्दार सेवा केन्द्रको सहकार्यमा सन्चालन भएको आँखा शिविरमा गौरादह र गौरीगंज क्षेत्रका ३०० जनाले आँखा परीक्षण गरेका थिए ।

गौरादह नगरपालिका वडा नं. ७ को व्यवस्थापन तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा निशुल्क आँखा परिक्षण, औषधी वितरणका साथै शल्यक्रिया समेत निशुल्क गरिएको सिम्रिक साकोस का रोहित दाहालले जानकारी गराए ।शिविरमा आँखा पाक्ने, नजिकको लागि चस्मा लगाउने, मोतियाबिन्दुका बिरामीहरु भेटिएको जनाइएको छ ।

सिम्रिक साकोसका अध्यक्ष कमल बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न शिविरमा वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल प्रमुख अतिथि रहेका थिए । मानविय उद्दार केन्द्रिय अध्यक्ष धनबहादुर बुढाथोकी, वडा नं. ७ का वडा सदस्य यशोदा दाहाल लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments