Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले फागुन १ गतेको जनयुद्ध दिवश केन्द्रदेखि जिल्ला तहसम्म ब्यवस्थित ढंगले मनाउने निर्णय सहित निर्देशन गरेको छ ।

त्यसैगरी माउ पार्टीका नेताहरुलाई दोहोर्याएर लाभको पदमा नजान आग्रह गरेको छ । आइतबार र सोमबार काठमाडौमा बसेको केन्द्रीय पदाधिकारीको बिस्तारित बैठकले लाभको पदमा एकै व्यक्तिमात्र जाँदा अन्यले अवसर नपाउने भन्दै पार्टी भित्र अवसरको सिर्जना गर्न माग गरेको हो ।

बैठकले देशभरका युवाहरुलाई सीपमुलक तालिम दिँदै स्वरोजगार बनाउन जोड दिने निर्णय गरेको वाईसीएल नेपालका प्रचार बिभाग प्रमुख पुष्प ओलीले बताए । उनका अनुसार दुईदिनसम्म बसेको बैठकमा चुनावी समिक्षा, वाईसीएलको आगामी कार्यनीति र संगठन बिस्तारका विषयमा छलफल भएको थियो । वाईसीएलले उत्पादनलाई जोड दिँदै युवाहरुमाझ रोजगारीको सिर्जना गर्ने कार्यनीति बनाएको छ । बैठकले फागुन मसान्तसम्म प्रदेश सम्मेलन गर्ने र बिदेशमा पनि संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया