Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, ३ फागुन । त्रिभुवन विश्वविद्यालयमा यस वर्ष स्ववियु चुनाव हुने सम्भावना टर्दै गएको छ । चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ । तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन ।

दलका नेता र विद्यार्थी संगठनसमेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस स्ववियु चुनावको पक्षमा छैन । ठुला विद्यार्थी संगठनको औपचारिकताका लागि मात्र स्ववियु चुनाव हुनु पर्ने बताउँदै आउका छन् ।

त्रिविले ६ महिनादेखि स्ववियु चुनावको तयारी गरको थियो । त्यसका लागि त्रिविले शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन समिति बनाउनु पर्छ । विद्यार्थी कल्याण निर्देशनलयबाट शिक्षाध्यक्षसहित हुँदै त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म निर्वाचन समितिले नाम सिफारिस भएको छ । यो समाचार भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया