Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धर्वेन्द्र कुमार यादव
सम्सी, ३ फाल्गुन । महोत्तरीको सम्सीबाट अबैध लागू औषधि सहित दुई जना पक्राउ परेका छन। बुधबार राती सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको चेकप्वाईन्ट टोलीले जिल्ला महोत्तरी सम्सी गाउँपालिका वडा नं. ७ शंकर चौक बाट पक्राउ गरेको छन।

सम्सी स्थित बोर्डर ईलाकामा भारतबाट सम्सी बजार तर्फ आउदै गरेको ज ६ प ५१९६ नं. को मोटरसाईकललाई चेकजाचको क्रममा पक्राउ गरेका छन। पक्राउ पर्नेमा जिल्ला महोत्तरी भंगाहा न.पा. वडा नं.१ बस्ने सहदेव मण्डलको छोरा बर्ष ३१ को अजय कुमार मण्डल र हरी मण्डलको छोरा बर्ष २० को रामजी कुमार मण्डल रहेको छ।

उनिहरुले शरिरमा लुकाई राखेको EXIplON 100 ml – 37 थान, Dialex- DC 100 ml – 5 थान गरी जम्मा 42 थान लागु औषधी नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरुलाइ आवश्‍यक कार्वाहीको लागि लागु औषध, मो.सा र पक्राउ परेका दुवै जना लाई जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाएको कुरा सम्सी चौकिका प्र ना नी आदित्य कुमार सिह ले जनाएको छ।

तपाईको प्रतिक्रिया